२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: दुग्ध किसानलाई अनुदान दिन ३० करोड बजेट विनियोजन



अ+ अ-

बागमती । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक एक हजार पाँच सय लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक सहकारीलाई दिने बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।

सो अनुदानअन्तर्गत दुग्ध सहकारीमार्फत दुग्ध बिक्री गर्ने किसानलाई एक लिटरमा रु पाँच अनुदान दिइने छ । यसका लागि दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट आवेदन सङ्कलन गरी अध्ययन भइरहेको पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय हेटाँैडाका निर्देशक डा व्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।

निर्देशनालयले अनुदान कार्यक्रमका लागि सहभागी हुनका लागि सूचना प्रकाशित समेत गरेको छ । उहाँले तीन जिल्लाको आवेदन प्राप्त हुन बाँकी रहेको र यसकोसमेत अध्ययन गरेर आगामी फागुन मसान्तभित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिनुभयो ।

निर्देशनाले गत आर्थिक वर्षमा दुई सय ६० दुग्ध उत्पादक सहकारीमार्फत प्रदेशभरिका दुग्ध किसानलाई रु १६ करोड अनुदान वितरण भएको थियो । गत वर्ष किसानले प्रतिलिटर एक रुपैयाँ ६४ पैसा अनुदान पाएको बताइएको छ । २०७६ सालदेखि किसानलाई दूधमा नगद अनुदान दिँदै आएको सो निर्देशनालयले जनाएको छ ।




भर्खरै