२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्नुहुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा पौड्याल यही माघ २५ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस