७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्नुहुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा पौड्याल यही माघ २५ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस