२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैनः उपमहासचिव बस्नेत



file
अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दावी गर्नु भएको छ ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भईरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पार्नु भयो ।

उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भन्नु भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘जहाँसम्म राष्ट्रपतिको कुरा छ । हाम्रो पार्टीले त्यस विषयमा खासै निर्णय गरेको छैन । राष्टिय सहमतीका लागि प्रयास गर्ने भन्ने हो । राष्ट्रिय सहमती अहिले मुलुकको आवश्यक्ता हो ।

राष्ट्रपतिका लागि हामीले कुनै पोजिशन बनाएको स्थिति होइन । गृहमन्त्रीको लागि छलफल भईराखेको छ गठबन्धन दलका पार्टीहरुबीचमा । सर्वोच्चको फैसला पनि हेर्नुपर्छ भन्ने कोणबाट केही दिन पर्खनुपर्छ भन्ने हो । त्यसमा ठूलो विवादको विषय केही पनि होइन । अहिले यही विषयमा राष्टिय स्वतन्त्र पार्टीसँग पनि बसेर छलफल भईरहेको छ ।’

उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताउनु भयो । राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लिएर गरिनसकेको उहाँको भनाई थियो ।