• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

क्यानले तोक्यो ग्रेडिङअनुसार खेलाडीको पारिश्रमिक: कस्को कति ?



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले छ महिनाको केन्द्रिय करारको लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले २०२३ को जनावरी देखि जुनसम्म छ महिनाको लागि १८ पुरुष र १२ महिला गरी ३० खेलाडीहरुको वर्गीकरण गरेको हो । बैठकले ग्रेडिङअनुसार खेलाडीको पारिश्रमिक तोकेको छ ।

नयाँ ग्रेडिङमा पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड ‘बी’मा ३ र ग्रेड ‘सी’मा १० जना रहेका छन् । यस्तै, महिलातर्फ ग्रेड ‘ए’ र ग्रेड ‘बी’मा ३/३ जना रहेका छन् भने ग्रेड ‘सी’मा ६ जना छन् ।

क्यानको अनुसार पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीले ६० हजार प्राप्त गर्नेछन् । ग्रेड ‘बी’ मा रहेका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार पाउनेछन् । यस्तै, महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीले २१ हजार प्राप्त गर्नेछन् भने ग्रेड ‘बी’ का खेलाडीले १८ हजार र ‘सी’ ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् भने ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन्। यस्तै ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

यस्तै, महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । यस्तै, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।