• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

क्यानको बोर्ड बैठकः १३ निर्णय पारित (निर्णयसहित)



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न १३ निर्णयहरु गरेको छ । मंगलबार अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।

बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि नेपाल टी–ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन लगायतका निर्णयहरु गरेको छ ।

साथै कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिने, यू–१९ राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी गुल्सन कुमार झालाई दिने, संघको वार्षिक साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने, १८ जना पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।