४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दलित लााइफ म्याटर्स

दलित लााइफ म्याटर्स
अ+ अ-

काठमाडौं । केही हप्ताअघि भारतमा बलिउड अभिनेता रणदीप हुड्डाको एउटा भिडियो भाइरल भयो। भिडियोमा अभिनेताले अंग्रेजीमा चुट्किला सुनाएका छन्। यसमा मायावतीको अनुहारको खिल्ली पनि उडाइएको छ। 

सन् २०१२ मा बनेको यो भिडियो अहिले सामाजिक सञ्जालमा देखिएको छ। यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रणदीपलाई पक्राउ गर्नुपर्छ भनेर कतिले आवाज पनि उठाएका छन्। रणदीप हुड्डा एक सफल कलाकार हुन र संयुक्त राष्ट्रसँग जोडिएको एक संस्थाका उनी ब्रान्ड एम्बेसेडर रहेछन्। तर, मायावतीलाई अपमान गरेको भाइरल भएपछि उनी ‘ब्राण्ड एम्बेसडर’ रहेनन्। तर यति सबै हुँदा पनि रणदीप हुड्डाले कुनै माफी मागेका छैनन् र वयान पनि दिएका छैनन्।

यसरी दलित नेता प्रति आपत्तिजनक, महिला विरोधी वा जातिवादी टिप्पणी गरेर यस्तो नराम्रो किसिमको चुट्किला बारम्बार सुनाइ रहन्छन्। यस्तो गर्नेहरूमा राजनीति नेता, अभिनेतादेखि हास्य कलाकार र सर्वसाधारण व्यक्तिहरू पनि हुन्छन्।

नेपालमा पनि दलित महिलाहरूको पहिरन, बोली भाषालाई लिएर अनेक कटाक्ष हुन्छ। कति जना त दलित महिलाहरूलाई नराम्रो देखाउन केही पाएनन् भने उनका अनुहार र शरीरलाई व्यंग गर्छन्। ‘दलित भएर पनि कति राम्री’, ‘दलित भएर पनि कति बुद्धिमान’, ‘दलित भएर पनि सुझबुझको कुरा गरेकी’ आदिजस्ता वाक्यहरू पढेलेखेर काम गर्ने, राजनीतिमा लागेका महिलाहरूले बारम्बार सुन्नुपर्छ। मानौं बुद्धिजति सबै ठूलाबडाको अधिकार हो। 

तर यति हुँदा पनि समाज किन कसैले प्रश्न उठाउँदैनरु यस्ता भनाइहरू वास्तवमा महिला विरोधी तथा दलित विरोधी विचारको नतिजा हुन्। नेपाली र भारतको समाजमा कानुनले छुवाछुत छैन भनेपछि जातपातको र महिला विरोधी भावना यति बलियो छ कि महिला तथा दलितहरूप्रति यस्ता खालका टिप्पणी गर्नु कुनै ठूलो कुरा होइन भन्ने सोचिन्छ। यसमा खासै गलत त के भयो र, यो सामान्य नै हो, सबैले गर्छन्, मैले भनेर के भयो त ? भन्ने गरिन्छ।

दलितहरूप्रति गरिने अभद्र व्यवहारको साथै उनीहरूलाई जिस्काएर, होच्याएर बोल्ने नराम्रा चुटकिला सुनाउने हिम्मत सामान्यजनलाई किन आउँछ भने  ‘दलित’हरूको लागि नेताहरू बोल्दैनन्। नेपालमा ‘आफू भनेपछि डुमै राजा’, ‘राजाको काम छोडी कामीको देवाली’जस्ता अनेक दलितहरूलाई अपमान गर्ने उखान टुक्का छन्। भारतमा पनि त्यसै गरिन्छ।

भारतमा पहिलो दलित महिला मुख्यमन्त्री बनेकी मायावतीलाई निशाना बनाएर चुट्किलाहरू बनाइएका छन्। चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी उनी राष्ट्रियस्तरको बहुजन समाज पार्टीकी अध्यक्ष पनि हुन्। तर उनलाई अनेक तरिकाले अपमानित गर्न र त्यो अपमानमा हास्न ठूला जातकाहरू पछि पर्दैनन्।

यो जातको जरो यतिसम्म तल पुगेको छ, ‘दलित’भित्र पनि ‘दलित’हरू छन्। उनीहरूबीच भेदभाव हुन्छ पानी चल्दैन, बिहावारी चल्दैन। हाम्रो समाज शारीरिक र जातीयवादी छ। त्यसैले हाम्रो विचारलाई विकसित गर्नुपर्छ। गलत कुरा, गलत उखान ‘गलत सिकाइ’ भन्नुपर्छ। 

दलित र महिला विरोधी उखान दलितहरूको अधिकारको लागि काम गर्ने र लैङ्गिक संवेदनशीलताको बारेमा काम गर्ने सबैले हटाउनुपर्छ। यस्ता उखानहरूले नकारात्मक विचार फैलाउँछन्। कहिले-कहिले हामीले अनायास भनिदिन्छौं, ‘धोबीको जस्तो बोली र अनुहार।’ यो ठिक होइन,  गल्ती महसुस गर्नुपर्छ। जसलाई भनिएको हो माफी माग्नुपर्छ। तर समस्या के छ भने नेपालको ‘जातिवादी राजनीति’ले गर्दा यस्तो जाबो कुरामा पनि के बहस गर्नु भन्ने ठान्छन्। यो सानो कुरा हो ?

तर अहिले सामाजिक सञ्जालको समयमा महिला तथा दलितहरू आफ्नो अधिकार र पहिचानको लागि जागरुक भइरहेका छन्। उनीहरूले मात्रै यस्ता टिप्पणीहरूको विरोध गर्ने होइन, प्रश्न हामी प्रत्येकले गनुपर्छ, गरिँदैन। सायद यही कारणले सन् २०१२ मा रणदीप हुड्डाको त्यो आपत्तिजनक चुट्किलाको विरोध भएन तर अहिले भइरहेको छ।

यस्ता कार्यलाई रोक्न भाषा, उखान, व्यवहार आदिबाट सबैलाई महिला तथा दलितहरूप्रति हुने हिंसा तथा भेदभावको बारेमा सचेत गराउनुपर्छ। शब्द प्रयोगको विरोध गर्नुपर्छ। अपमानजनक शब्द र टिप्पणी गर्दा विषयहरूमा खबरदारी गरिरहनुपर्छ। अनि बल्ल यस्तो विषय सामान्य कुरा होइन भन्ने ज्ञान हुँदै जान्छ। हुन त अहिले सामाजिक सञ्जालको कारणले गर्दा यस्ता शब्दहरू प्रयोग गर्दा प्रकाशमा आउँछन्। यस्तो कार्य गर्ने मानिसहरू विरोधको घेरामा पर्नुपर्छ। 

भारतमा रणदीप हुड्डा मायावतीलाई अपमान गर्दा आफैं अपमानित भए, नेपालमा पनि नेताहरूलाई महिला(दलितप्रति अपमान गर्दा घेरा हाल्नुपर्छ, आवाज उठिरहनुपर्छ।