१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आर्थिक मन्दीबाट आत्तिने होइन, मिलेरै समाधान खोजौं: उपाध्यक्ष संघई

आर्थिक मन्दीबाट आत्तिने होइन, मिलेरै समाधान खोजौं: उपाध्यक्ष संघई
अ अ+ अ-

सिमरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने बताएका छन् ।

सिमरामा मंगलबार भएको मधेस प्रदेश उद्योग वाणिज्य महासंघको विशेष साधारण सभामा बोल्दै संघर्ईले अर्थतन्त्रको गति ठीक दिशातर्फ नरहेको विषयमा सबैले हेक्का राख्न जरुरी भएको बताए ।

विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै संघईले अर्थतन्त्रका प्रमुख सूचकहरू: आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे । अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहो-याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने संघईको सुझाव छ ।

व्यवसायीहरूले सरकारबाट उपयुक्त नीतिको अपेक्षा राखेको बताउँदै संघर्ईले इमान्दारिपूर्वक काम गर्न उद्योगी–व्यवसायिहरू प्रतिवद्ध रहेको बताए ।

उद्योगी व्यवसायिहरूले भोगिरहेको समस्याहरूको फेहरिस्त प्रस्तुत गर्दै संघईले जता हे-यो त्यतै समस्या देखिँदा उद्योगी व्यवसायि आजित भएको उल्लेख गरे । पूँजीको समस्या, चर्को व्याजको समस्या, नियमित विद्युत आपूर्तिको समस्या, करको समस्या, भन्सारको समस्या, भ्याटको समस्या, कच्चा पदार्थको समस्या, श्रमिकको समस्या लगायत समस्यै समस्याका बीच व्यवसाय गर्न उद्योगीहरू वाध्य भएको संघईले बताए ।

‘समस्याबाट आत्तिएर भाग्ने भन्ने प्रश्नै उठ्दैन । कठिन समयमा पनि देशभित्र उत्पादन बढाउन हामी तयार छौं तर व्यवसायमैत्री नीति, लगानीमैत्री वातावरण चाहियो । हामीलाई राज्यले सहयोग गर्नुप-यो । राजश्व र रोजगारी बढाउन हामी तयार छौं’, संघईले भने ।