१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूर्णं भुमिका रहने बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हिसाव किताव दुरुस्त गरिएन भने दुनियाँ र देश लगायत कसैले पनि हामीलाई राम्रो मान्दैन । काम पनि राम्रो गर्ने हिसाव किताव पनि दुरुस्त राख्ने विश्वको अपेक्षा हो । हामीले पनि त्यस्तै अपेक्षा गछौं । त्यस कारण मुलुकको लेखा प्रणालीलाई पारदर्शी,उत्तरदायी र विधिसम्मत बनाउनको लागि यो संस्थाको भुमिका महत्वपूर्ण छ ।

यहाँहरुले निजी क्षेत्र,सार्वजनिक संस्था र सरकारी निकायहरुसँग जोडिने भएकाले उहाँहरुले चलाउने कलम र निर्णयले मुलुकको लेखा प्रणाली कस्तो छ र लेखा प्रणालीको क्षेत्रमा मुलुक कति पारदर्शी र विश्वमा कति विश्वसनियता रहेको छ भनेर मूल्याङ्कन हुन्छ । नेपाल लेखा प्रणालीको क्षेत्रमा विश्वका उत्कृष्ट मुलुकको दाँजोमा सक्षम छ भन्ने सन्देश दिने काम तपाईहरुको काँधमा रहेको छ । त्यही अनुुसारमा यहाँहरुले जिम्मेवारी बहन गर्नुहुनेछ ।’

उहाँले हिसावकिताव पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताउनु भयो ।




भर्खरै