२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यकः अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूर्णं भुमिका रहने बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हिसाव किताव दुरुस्त गरिएन भने दुनियाँ र देश लगायत कसैले पनि हामीलाई राम्रो मान्दैन । काम पनि राम्रो गर्ने हिसाव किताव पनि दुरुस्त राख्ने विश्वको अपेक्षा हो । हामीले पनि त्यस्तै अपेक्षा गछौं । त्यस कारण मुलुकको लेखा प्रणालीलाई पारदर्शी,उत्तरदायी र विधिसम्मत बनाउनको लागि यो संस्थाको भुमिका महत्वपूर्ण छ ।

यहाँहरुले निजी क्षेत्र,सार्वजनिक संस्था र सरकारी निकायहरुसँग जोडिने भएकाले उहाँहरुले चलाउने कलम र निर्णयले मुलुकको लेखा प्रणाली कस्तो छ र लेखा प्रणालीको क्षेत्रमा मुलुक कति पारदर्शी र विश्वमा कति विश्वसनियता रहेको छ भनेर मूल्याङ्कन हुन्छ । नेपाल लेखा प्रणालीको क्षेत्रमा विश्वका उत्कृष्ट मुलुकको दाँजोमा सक्षम छ भन्ने सन्देश दिने काम तपाईहरुको काँधमा रहेको छ । त्यही अनुुसारमा यहाँहरुले जिम्मेवारी बहन गर्नुहुनेछ ।’

उहाँले हिसावकिताव पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताउनु भयो ।