• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या



(सांकेतिक तस्बिर)

कैलाली । कैलालीका एक यूवकले बन्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् ।

सोमबार राती लम्किचुहा नगरपालिका-६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन ।

बन्चरो प्रहार बाट गम्भीर घाईते भएका देवी थरुनीको उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्किले बताएको छ ।

आमाको हत्या गरेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।