२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा



अ+ अ-

काठमडौँ । रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न दोस्रो पटक बालुवाटार पुग्नुभएको हो ।

सर्वोच्च अदालतबाट नागरिकता प्रकरणमा दोषी पाइएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो । साथै उहाँको सांसद पद र पार्टी सभापति पदपनि गएको थियो ।

गृहमन्त्रीबाट लामिछाने हटेपछि प्रचण्डले नै सो मन्त्रालय सम्हालिरहनुभएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान राख्दै आएको छ । गृहमन्त्रालयमा पुनः आफ्नो पार्टीको दाबी रहेको भन्दै सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।