२२ मंसिर २०८२, सोमबार
,
Latest
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु एक सय ३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय भएको छ, त्यसको निम्ति आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको छ ।”

मन्त्रिपरिषद्ले त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा (२ फेब्रुरी २०२३) मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ । रासस