• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल

बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध व्यवसायी सडक आन्दोलनमा उत्रिए (फोटोफिचर)



काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताउनु भयो । उहाँले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पु¥याएकाले व्यवसायीहरु मर्कामा परेको बताउनु भयो । उहाँले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेकोे बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएकाले राज्यले बैंक ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता काम रोक्नुपर्ने बताउनु भयो । उहाँले बैंकहरुले कर्जा तिर्नको लागि समय माग गर्दा समेत नदिएको बताउनु भयो । अध्यक्ष कार्कीले बैंकहरुले धितोलिलामी गरेर हजारौं व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको अरोप लगानु भयो ।

उहाँले महासंघले उठाएका माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने बताउनु भयो । उहाँले महासंघले लामो समयदेखि व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सबैसँग पहल गर्दा पनि नहुने देखिएपछि सरकारको आँखा खोल्न सडक आन्दोलनमा आएको बताउनु भयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताउनु भयो । उहाँले बैंकहरुले ब्याजदर बढाएर आंतक मच्याएकाले बैंकको आंतक रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको बताउनु भयो । उहाँले व्यवसायीहरुको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने बताउनु भयो ।

उहाँले बैंकको आंतक बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताउनु भयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाउनु भयो । उहाँले सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको बताउनु भयो ।

त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाउनु भयो । उहाँले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताउनु भयो । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरुले व्यापार व्यवसाय नगरेको बताउनु भयो । उहाँले बैंकहरुले असहज अवस्थामा सहजिकरण गर्नुपर्नेमा उल्टो ब्याजदर उच्च बनाएर पीडित बनाएको बताउनु भयो । त्यस्तै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा !, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व. प्रेम आचार्यका माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।