६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध व्यवसायी सडक आन्दोलनमा उत्रिए (फोटोफिचर)

बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध व्यवसायी सडक आन्दोलनमा उत्रिए (फोटोफिचर)
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताउनु भयो । उहाँले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पु¥याएकाले व्यवसायीहरु मर्कामा परेको बताउनु भयो । उहाँले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेकोे बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएकाले राज्यले बैंक ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता काम रोक्नुपर्ने बताउनु भयो । उहाँले बैंकहरुले कर्जा तिर्नको लागि समय माग गर्दा समेत नदिएको बताउनु भयो । अध्यक्ष कार्कीले बैंकहरुले धितोलिलामी गरेर हजारौं व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको अरोप लगानु भयो ।

उहाँले महासंघले उठाएका माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने बताउनु भयो । उहाँले महासंघले लामो समयदेखि व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सबैसँग पहल गर्दा पनि नहुने देखिएपछि सरकारको आँखा खोल्न सडक आन्दोलनमा आएको बताउनु भयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताउनु भयो । उहाँले बैंकहरुले ब्याजदर बढाएर आंतक मच्याएकाले बैंकको आंतक रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको बताउनु भयो । उहाँले व्यवसायीहरुको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने बताउनु भयो ।

उहाँले बैंकको आंतक बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताउनु भयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाउनु भयो । उहाँले सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको बताउनु भयो ।

त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाउनु भयो । उहाँले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताउनु भयो । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरुले व्यापार व्यवसाय नगरेको बताउनु भयो । उहाँले बैंकहरुले असहज अवस्थामा सहजिकरण गर्नुपर्नेमा उल्टो ब्याजदर उच्च बनाएर पीडित बनाएको बताउनु भयो । त्यस्तै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा !, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व. प्रेम आचार्यका माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।