५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।

विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा ई पुस्तकालयको पनि प्रवद्र्धन हुँदै आएको छ । रासस