५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।

विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा ई पुस्तकालयको पनि प्रवद्र्धन हुँदै आएको छ । रासस