• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै



फाईल फोटो

काठमाडौँ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । सत्तारुढ गठबन्धनबिचको भागबन्डामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय परेको थियो ।

रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री बनेका पार्टिका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका थिए ।

आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्राप्त गरेसँगै रवि पुनः पार्टीको सभापतिमा नियूक्त भएका थिए । यससँगै रास्वपाले पुनः गृहमन्त्रीको दाबी गरेको छ ।

सोहि राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादीले पार्टीको पदाधिकारी बैठक बोलाएको बताईएको छ ।