• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ★   आँखालाई माया गर्नुहोस्’ लोकार्पण ★   यी हुन् टी-२० विश्वकपमा समूह चरणमा धैरै रन बनाउने ब्याट्सम्यानहरु ★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छः मन्त्री गिरी



फाईल फोटो

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन् ।

पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताए ।

मुलुकभित्र सञ्चालित भौतिक पूर्वाधारका काम समयमै सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिव र मातहतका कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिइसकेको बताए ।

वर्तमान सरकार गठन भएको एक महिनामै अर्थतन्त्रमा सुधारका संकेत देखिएको उहाँको दाबी थियो । अब पुँजीगत खर्चको दायरालाई तीव्र रुपमा वृद्धि गरिने र अवरुद्ध भएका राष्ट्रिय गौरवलगायत महत्वपूर्ण योजनाको काम धमाधम हुने उनको जिकिर छ । सरकारले आर्थिक मितव्ययिता अपनाउन विभिन्न खालका निर्णय समेत गरिसकेको बताउँदै अर्थतन्त्रको विकासमा सरकारको मुख्य ध्यान गएको जनाए ।

उनले आफू स्वास्थ्य मन्त्रीमा नियुक्त भैसकेपछि ग्रामीण क्षेत्रसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने अध्ययन गरी समस्याहरुको पहिचान गरिरहेको बताए । उनले केपी ओली सरकारका पालामा शुरु गरिएका सबै पालिका स्तरका आधारभुत अस्पताललाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि अस्पताललाई बजेटको कमी हुन नदिइ समयमै अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाह शुरु गर्न आफ्नो ध्यान केन्द्रत गर्ने उनको भनाइ छ ।

मन्त्री गिरीले विगत सात दशकदेखि बन्द रहेको तत्कालीन फलामखानी गाविसमा रहेको फलामखानीको पुनः उत्खनन्का लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउँदै फलामखानी उत्खनन् गर्न सकेमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री गिरीले अघिल्लो संसदको कार्यकालमा पर्वतका सबै पालिकामा कालोपत्रे सडक सुविधा पुर्याएको बताउँदै अबको पाँच वर्षमा जिल्लाका ६१ वटै वडाका केन्द्रमा कालोपत्रे सडक पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । त्यसैगरी एक घर एक धारा खानेपानी, सिँचाई, स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शिक्षा विस्तारमा समेत सक्रिय रहने बताए । रासस