६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका विषयमा निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौं । सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू छन् । 

कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठकमा छन् ।यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । यस्तै जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता छ । 

भोलि (शुक्रबार)बस्ने संसद बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ।तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ भने एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो।