१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका विषयमा निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक जारी



अ+ अ-

काठमाडौं । सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू छन् । 

कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठकमा छन् ।यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । यस्तै जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता छ । 

भोलि (शुक्रबार)बस्ने संसद बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ।तर, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ भने एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो।