२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पौडलप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सबै मृतकको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रेस सेन्टर नेपाल रासस शाखाले पौडेलको १३औँ पुण्य तिथिका सन्दर्भमा केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कर्मचारीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष धर्मेन्द्र झाले पत्रकार स्व। पौडेलको स्मरण गर्दै उहाँ बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्दोलनमा पौडेलको भूमिका महत्वपूर्ण रहेको जनाउँदै उहाँको निधनबाट अपूरणीय क्षति भएको बताउनुभयो ।

प्रेस सेन्टर रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठ, नेपाल कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय लगायतले पत्रकार पौडेलसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।

यही माघ १ मा काठमाडौँबाट पोखराका लागि उडान गरेको यती एयरलाइन्सको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । रासस