२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमको परिवारको १० बुदे माग, पुरा नभए शव नउठाउने



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरमा गत मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका २५ बुँदे सुझाव र माग सम्बोधन हुनुपर्ने परिवारजनले माग गरेका छन् ।

गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गरिएको मागपत्रमा नयाँ बानेश्वरमा भएको कृषि युवा व्यवसायीको विद्रोहस्वरु गरेको आत्मदाहबाट मृतकको परिवारजनलाई गरिखाने स्थितिमा पुर्याउन स्वर्गीय आचार्यलाई बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानूनी कारवाही गर्नुपर्ने माग गरिएको छ ।

दश बुँदे मागपत्रमा परिवारजनले स्व आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने, नाबालक सन्तानलाई उनीहरुले चालेको विद्यालय शिक्षादेखि निःशुल्क उच्च शिक्षाको ग्यारेन्टी राज्यले लिन्ुपर्ने, आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने लगायतका माग राखिएका छन् ।