१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरि हुमागाईँको बिजुलीमा निराजन र उपासना



अ+ अ-

काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ ।

उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् । निराज भने पछिल्लो समयका व्यस्त मोडल हुन् । एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनले उपासनासँग भिडियोमै जोडी बाध्न सफल भएका छन् ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान ९बाबु०को मिक्सिङ मास्टरिङ रहेको छ ।