• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

आत्मदाह प्रकरणः सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न आन्दोलनकारीको चेतावनी(भिडियोसहित)



काठमाडौँ । मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध भएको छ ।

माईतीघर मण्डलामा आज (बिहीवार) पनि मृतक आचार्यले उठाउनुभएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् ।

उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका छन् । प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पु¥यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए ।

आत्मदाह गर्नुभएका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरुले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । आन्दालनकारीहरुले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए ।

उनीहरुले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरुलाई झनै समस्या पैदा गरेको बताए । उनीहरुले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरुले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरु फरक हुने बताए । उनीहरुले मृतक आचार्यले उठाउनुभएका मागहरु जायज रहेको र सरकारले औपचरिकता पूरा गर्ने नभइ मृतकले उठाएका मागहरुको उचित सम्बोधन हुनुपर्ने बताए ।

प्रदर्शनकारीहरुले (उद्यमशील नेपाल, नारा मात्र हो सरकार ?) (गरिखाने की मरिजाने ?) (भिसा देउ सरकार, खाडी जान्छु), (दलालहरु होशियार), (देशमै गरिखाने वातावरण बनाइदेउ सरकार) लगायतका नारा लगाएर सरकारको बिरोध गरेका थिए ।