१६ भाद्र २०८३, मंगलवार
,
Latest
उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ५ सम्मको पाठ्यपुस्तकको छपाइ निजी क्षेत्रले पाउने



अ+ अ-

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा निजी क्षेत्रले पाउने भएको छ । यसअघि कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा पाएका निजी क्षेत्रले अबदेखि कक्षा ४ र ५ को पनि पाठ्यपुस्तक छाप्न पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले गरेको निर्णयका आधारमा निजी क्षेत्रले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइ गर्न पाउने सूचना पाठ्यपुस्तक विकास केन्द्रले जारी गरेको छ । केन्द्रले पुस्तक छपाइका लागि निजी क्षेत्रलाई सूचीकृत हुन सूचना जारी गरेको हो ।

सूचनाअनुसार निजी मुद्रक तथा वितरकहरुले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ गरी विक्री वितरण गर्नुपर्नेछ । यसका लागि निजी क्षेत्रले केन्द्रले तयार गरेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा पाठ्यपुस्तक छाप्नुपर्नेछ ।

यसअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोही आधारमा पाठ्यपुस्तक छाप्ने गरेको थियो । प्रत्येक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधान गर्न निजी क्षेत्रलाई पनि पाठ्यपुस्तक छपाइको जिम्मेबारी दिइएको बताइएको छ ।