५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक आचार्यको उपचारमा लागेको सबै खर्च अस्पतालले ब्यहोर्ने



अ+ अ-

काठमाडौं । कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च ब्यहोर्ने भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको हो ।

३७ वर्षीय आचार्यको मंगलबार दिउँसोबाट सो अस्पतालको आकस्मिक विभागमा उपचार भएको थियो । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ ।

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आफैलाई पेट्रोल छर्किएर आगो लगाएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।