६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथमा किचलो र देउवाको अडान



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।

उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा असन्तुष्टि जनाए । त्यसपछि शितल निवास पुगेरै सोबारे आफ्नो धारणा राखे । देउवानिकट एक नेताका अनुसार उनले सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा खुलाएरै नियुक्ति र शपथ चाहेका थिए । बूढानीलकण्ठबाट शितल निवास पुगेपछि उनले त्यो सूचना सच्चिनै पर्ने अडान राष्ट्रपतिसमक्ष राखे र संविधानको धारा ७६ (५) उल्लेख गरेर सूचना सच्याएरै राष्टपति कार्यालयले देउवालाई शपथ गरायो ।

राष्ट्रपति कार्यालयले ६ बजेका लागि तय गरेको सपथ सूचना सच्याएपछि राति ८ बजेर २० मिनेट जाँदा अर्थात् तोकिएको समयभन्दा करिब साँढे २ घण्टा ढिला भएको थियो । यो बीचमा करिब डेढ घण्टा देउवासहितका गठबन्धन आबद्ध नेताहरू राष्ट्रपति कार्यालयमा पर्खाइमा परे । तर, सर्वोच्च अदालतले भने सोमबार संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

तर, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भने सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।