२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन कक्षाले तनावमा बालबालिका



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”

अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताए ।

उनका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हुँदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ । उनले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिए । 

“बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,” उनले भने, “यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।”

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले बालबालिका, किशोरकिशोरी, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा तनाव हुने र दैनिक क्रियाकलापमा असहज महसुस हुँदा हुने दबाबले तनाव उत्पन्न हुने बताए ।

उनले अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउनु जरुरी रहेको बताउँदै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सिकाउनुपर्छ भने ।

विश्व स्वास्थ्य सङ्गठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करिब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।