१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनअगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाए



अ+ अ-

काठमाडौँ । राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको छ ।