५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

आईकाओद्वारा कतारमा दोहा उडान सुचना क्षेत्र तथा खोजी र उद्दार क्षेत्र स्थापना गर्ने प्रस्ताव अनुमोदन

आईकाओद्वारा कतारमा दोहा उडान सुचना क्षेत्र तथा खोजी र उद्दार क्षेत्र स्थापना गर्ने प्रस्ताव अनुमोदन
अ+ अ-

दोहा । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैदान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसंगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्दि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउंन पाउंने भएको छ । आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो ।
 
आईकाओले कतारले गरेको प्ररस्तावलाई शिकागो कन्भेन्शनले तय गरेको अनुच्छेद नम्बर एक तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ । यस प्रस्ताव मार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउंने उद्देश्य लिएको छ । जसले विश्वकै हवाइ क्षकता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विस्वास आईकाओले लिएको छ । 

यसको अलावा आईकाओले हवाइ उडान तथा हवाइ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत ये प्रस्तावको परीक्षण गरिने कुराको विस्वास आईकाओले दिलाएको छ । कतार हवाइ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने वा नरहने विषयको जांच गरिने कुरा आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवाइ उडान सञ्चालन गरिरहेको स्वीकार गरेको छ । 

आईकाओले बहराइन र कतार संगसंगै अन्य छिमेकी राष्ट्रलाई बार्ता र सहकार्यको माध्यमबाट हवाइ क्षेत्र सुरक्षामा सजक रहन आह्वान गरेको छ । 
कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ । माननीय यातायात तथा संचार मन्त्री जासिम विन सैफ अलसुलैतीले कतारके प्रस्तावमा कतार मात्रै नभएर गल्फ राज्यहरूकै फाइदा रहेको बताउंनु भएको छ । उहांले कतारले शिकागो सहमति तथा आईकाओ काउंन्सिल रजेलुशनको सम्मान गर्दै हवाइ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने बताउंनुभयो ।