२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उड्डयन प्राधिकरणले लगायो प्रभु हेलिकप्टरका सबै उडानमा रोक



अ+ अ-

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरको उडानमा रोक लगाएको छ ।

माघ ५ गते स्याङजाको वालिङ खेल मैदानमा खेल जारी रहेको बेला अनुमतिविना नै हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

प्राधिकरणले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको थियो । तर, हालसम्म प्रभुले कुनै जवाफ नदिएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको बताईएको छ ।

प्राधिकरणले हिजोमात्रै नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई एटीसीको नियम उल्लघंन गरेको भन्दै निलम्बन गर्न निर्देशन दिएको थियो ।