२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने



file photo
अ+ अ-

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्दै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

रु ५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को रु १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए । रासस