३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो
अ+ अ-

नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो ।

सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए । त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ । चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन् । (रासस-सिन्ह्वा) 

यो पनि पढ्नुहोस्:

होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए