२३ मंसिर २०८२, मंगलवार
,
Latest
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना न्यायलयको निर्णयले राहत महसुस भएको छ: निर्देशक शाक्य ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्सर स्पोट्र्स अवार्डमा ५ वटा मोटरसाइकल दिइने



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७९ फागुन २३ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै १९औं संस्करणको पल्सर स्पोट्र्स अवार्ड २०७९ आगामी फागनु २३ गते गर्ने जनाएको हो ।

२०७९ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्फत सम्मान गरिनेछ । सोमवार नै एनएसजेएफ स्पोट्र्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि प्रवन्ध निर्देशक गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु¥याएका खेलकर्मीको सम्मानमा जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।

अवार्ड कार्यक्रममा मञ्चले वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेण्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्टलाई अवार्ड वितरण गर्दैछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् ।

यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी शुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष सुवेदीले अर्थतन्त्र नै शिथिल भएको अवस्थामा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद् पक्ष रहेको बताउनु भयो ।