१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबरमहलबाट पक्राउ परिन् रुबी खान



अ+ अ-

काठमाडौँ । प्रहरीले रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ ।

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका खानसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेका थिए । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो ।

निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै उनीहरु आन्दोलनरत छन् ।