६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीस गोही राप्तीमा छाडियो



अ+ अ-

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको जनाउँदै आगामी दिनमा निकुञ्ज र जनताको बीचको सम्बन्ध अरु बढी प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायिक वनलगायतको प्रतिनिधिको सहभागिता रहेको थियो । यस वर्ष वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले मङ्सिर १९ गते राप्ती नदीमा १२ गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  

 निकुञ्जले यस आर्थिक वर्षमा १०० गोही छोड्ने लक्ष्य लिएको थियो । सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडिएकोसहित हालसम्म विभिन्न नदीमा एक हजार ६९२ गोही छाडिएको छ । यस वर्ष राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही छाडिएको छ । रासस