• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

सिटीको सानदार जित, हालाण्डले गरे ह्याट्रिक



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गट एर्लिङ हालाण्ड प्रेरित म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले वल्भ्सलाई ३–० गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउन सबै गोल हालाण्डले गरे ।

उनले खेलको ४० औं, ५० औं (पेनाल्टी) र ५४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका । उनको यो प्रिमियर लिग करिअरमा चौंथो ह्याट्रिक समेत हो ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४५ अंक छ । पराजित वल्भ्स समान खेलबाट १७ अंकसहित १७ औं स्थानमा छ ।