३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्याण्डमा शुस्माको ऐतिहासिक विजय



अ+ अ-

काठमाडौं । थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु २२ मेन्स एण्ड उमन्स बक्सिङ्ग प्रतियोगिताको महिलाततर्फ मिनिमम वैट ४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाईनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाईनलमा भेट पक्का गरेका छन् । उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५ः० को अंकको आधारमा पराजित गरेकि छन ।

सुस्माले जितेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकाल देखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ । यस अघि नेपालले एशियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो ।

२०२१मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुस्माले लिथुयानीका खेलाडीलाई पराजितगरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठो स्थानमा पुग्न सफल रहेकि थिईन ।

त्यसै गरी उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित रहेका छन् । यस अघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल रहेकि थिईन ।