२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप हुन थाल्यो: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ ।

टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होछार समारोहमा उहाँले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावबाट नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना हुन नदिने प्रयास भइरहेको बताउनुभयो ।

विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट पनि नेपालभित्रै रहेका जातजाती, भाषा र संस्कृतिमाथि दमन भएको उहाँले जिकिर गर्नुभयो । मुलुकको राष्ट्रिय संस्कृतिको जगेर्न गर्ने जिम्मेबारी सबैमा आएको उहाँको भनाइ थियो ।