२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन बैठक, कसौँडी घोप्ट्याउने र सबै भोकै बस्ने – बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन बैठक जारी छ । बैठकको निष्कर्ष भने निस्कन सकेको छैन । अमेरिकी सहायता कार्यक्रम एमसीसीलाई संसदमा टेबल गर्ने विषयमा करिब एक सातादेखि सत्ता साझेदार दल बैठक बसिरहेका छन् ।

शुक्रबार पनि बसेको बैठक पुनः आइतबार बस्नेगरी सकिएको छ । अर्थात बैठक बस्ने तर निष्कर्ष निकाल्न नसक्ने अवस्थामा पुगेका छन् सत्ता साझेदार दलहरु । सत्ता साझेदारको प्रमुख दल नेपाली कांग्रेसले जसरी पनि एमसीसीलाई संसदमा  टेबल गर्नुपर्ने बताउँदै आएको छ । तर सत्ता साझेदारकै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यथास्थितिमा एमसीसी टेबल गर्न नहुने पक्षमा छन् ।

अर्थात सत्ता गठबन्धनमा बसेर एउटै विषयमा सत्ता साझेदार दलहरुबीच मतैक्य देखिएको छैन । दलहरु छलफल गर्ने तर निष्कर्ष निकाल्न नसक्ने अनि आवश्यक परे सत्ता गठबन्धन टुटाउनसम्म तम्तयार देखिने । यसै प्रसङ्गलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ट्विट गर्नुभएको छ: गठबन्धनको बैठकमा सम्झेको नीतिकथा : घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन्१तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन्१ बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएछन् र सबै भोकै हिंडेछन् !