२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैनः राजेन्द्र लिङ्देन



file
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु भएको छ ।

मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनु भएको थियो । त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पार्नु भयो ।

उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेशका सहीदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आईरहेको छ ।

सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिए । हामी उठेनौं । यसको अर्थ बाहिर के गईरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सहीदहरुका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसदको एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनभने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोडदैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नु पर्यो । कि मेरो प्रधानमन्त्री उठनु पर्यो ।

त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाईदैन ।’

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गर्नु भयो ।