१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँझमा मुस्कुराएको काठमाडौं (फोटो फिचर)



अ+ अ-

यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ ।

शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ ।

अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ । बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिन्छन् । जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाडौंका यी मनमोहक तस्बिरहरु ।