काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा नेपालले अध्यक्ष प्रचण्ड लगायतका नेताहरूसंग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा अर्का नेता धर्मेन्द्र बाँस्तोला पनि उपस्थित थिए ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईएको छ । हिजो मात्रै महासचिव विप्लवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा गएर भेटवार्ता गरेका थिए ।








