२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानलाई भुत जस्तै देखेपछि….



अ+ अ-

काठमाडौं । पति र पत्नीको नाता धेरै राम्रो हुन्छ । आगोलाई साक्षी मानेर सात जन्मसम्म एक अर्काको साथ निभाउने कसम खाएका हुन्छन् । साना–साना झगडा हुँदै पति र पत्नीको नाता बलियो हुँदै जान्छ ।

हाल भारतको मध्य प्रदेशको गवालियर जिल्लामा एक अनौठो विषयले स्थान पाएको छ । पतिसँग सम्बन्ध विच्छेदको लागि पत्नीले अदालतमा मुद्दा दायर गरेकी छिन् ।

वास्तवमा गवालिएरको फेमिली अदालतमा एक महिना अघि एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्न पाउन भन्र्दै रिट हालेकी थिइन् । उनले कारण पतिलाई भुत जस्तो देखिएको बताएकी थिइन् । उनले अब आफु धेरै डराएको हुँदा पतिसँग बस्न नसक्ने बताएपछि अदालतका सबैजना आश्चर्यमा परेका थिए ।

महिलाले पतिसँग बस्न नसक्ने भन्दै प्रत्येक महिनाको लागि खर्च समेत दिनुपर्ने माग गरेकी छिन् । महिलाले पतिकै कारण अलग बस्न बाध्य भएको भन्दै खर्च पनि पतिले नै दिनुपर्ने दाबी गरेकी छिन् । हालसम्म अदालतमा उक्त विषयको सुनुवाई भएको छैन् ।

पहिलाका मानिसहरुमा धैर्यता थियो । साना–मसिना कुरामा ध्यान दिँदैनथे । तर, आजकल साना–साना कुरामा झगडा हुँदा पनि सम्बन्ध विच्छेद गर्न खोजिरहेका हुन्छन् ।