३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।

शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ ।

उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रश्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मती रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’

त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानूनको अध्ययन नगरेको भएपनि कानूनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानून नपढेपनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरुको अनुभव ३३ वर्षमा गरेको छु ।’

उपसभामुखका लागि निर्वाचन शनिवार हुँदैछ आज उपसभामुखको एम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको छ ।