काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरू भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ।
यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो। सोहीअनुसार आजको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागेको हो।