११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

राससको प्रधानसम्पादकमा पाठक

राससको प्रधानसम्पादकमा पाठक
अ अ+ अ-

काठमाडौं । राससका वरिष्ठ कार्यकारी सम्पादक एकराज पाठक राससको प्रधानसम्पादकमा नियुक्त हुनुभएको छ । हालै दशौँ तहमा बढुवा हुनुभएका उहाँलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो । पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिनुभयो । साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उहाँलाई बधाई दिनुभयो ।

पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्य हुनुहुन्छ । उहाँ हाल राससको आलेख शाखाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०३१ फागुनमा बागलुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको हो ।

उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उहाँले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेख्नुभएको छ । उहाँले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ ।

हाल प्रधानसम्पादक रहनुभएका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा हुनुभएको छ । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा हुनुभएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिनुभयो ।  त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त हुनुभएको छ ।