२१ असार २०८३, आईतवार
,
Latest
सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद्को बैठक: प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले साउन ३ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन ३ गते आईतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते राती १२ बजे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको थियो । असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए । अधिवेशन अन्त्य भएको ३ दिन पछि नै बर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो ।