२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस क्रियाशिल सदस्यता वितरण विषय जटिल बन्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबी सहित निर्णय सच्याउन माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताउनुभयो । उहाँले सभापतिलाई वाईपास गरेर, नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशिल सदस्यता वितरण गरिएको बताउनुभयो । उहाँले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गर्नुभयो । उहाँले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि दिनुभयो ।

त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गर्नुभयो । उहाँले त्यसबारे सम्बन्धीत् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताउनुभयो ।

धनुषाका पुर्व सांसद डाक्टर चन्द्र मोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु बिडम्बनापुर्ण भएको बताउनुभयो । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नया क्रियाशिल सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिए सम्म आफुहरु पार्टी कार्यालयमा धर्ना बस्ने बताउनुभयो ।