२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन टुटाउने मिसन सभामुख थियो त्यो भएन अब राष्ट्रपतिमा हुन्छ: कांग्रेस सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपालीकांग्रेस का सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताउनु भएको छ ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अव आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गर्नु भयो । सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अव मिसन राष्ट्रपति पनि हुन्छ । मिसट गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’

सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भईरहने पनि बताउनु भयो ।