९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिन्छ: ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभालाई सरकारको पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख पदका नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै उहाँले सभामुखले प्रतिपक्षको पनि कुरा सुन्नुपर्ने बताउनुभयो ।

विगतमा सभामुखहरुमा सरकारको पक्षमा छ भने मौन बस्ने तर प्रतिपक्षले जतिसुकै राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति देखियो भन्दै उहाँले अब बन्ने सभामुखबाट त्यस्तो अपेक्षा नगरिएको बताउनुभयो । उहाँका अनुसार सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।