२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री कोइरालाको निवासमा बसेको बैठकले गरे यस्तो निर्णय, अब के हुन्छ ?



file
अ+ अ-

काठमाडौं । कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठक सकिएको छ ।बैठकमा भोली हुने पदाधिकारी बैठकबाट पार्टिको कृयाशिल सदस्यता बिबाद कसरी मिलाउने र महाधिबेशन कसरी सुनिष्चित गर्ने भन्ने बारेमा छलफल भएको बैठकपछी सहभागी एक नेताले जानकारी दिए ।

सरकारमा पार्टिको सहभागिताबारे सामान्य छलफल भएपनी सरकारमा पठाउने ब्यक्तिकाबारेमा आजको बैठकमा खासै छलफल नभएको उनले बताए ।प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कुन कुन मन्त्रालय र कतीवटा मन्त्रालय दिने भन्ने स्पस्ट प्रस्ताब नगरेकोले सरकारका बारेमा खासै छलफल नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न भोली पदाधिकारी बैठक बोलाएका छन । त्यसैको पूर्वसन्ध्यामा भोलिको बैठकको तयारिस्वरुप प्रधानमन्त्री एबम  सभापती देउबा इतरका नेताहरुले महामन्त्री डा ।  कोइरालाको निवास महाराजगञ्जमा आज छलफल गरेका हुन ।