२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर: नागरिक उड्ययन मन्त्री सुदन किराँती



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो ।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताउनु भयो । उहाँले अझै एकजना शिशुको शव खोजि कार्य जारी रहेको जानकारी दिनुभयो । उहाँले सरकारले खोजी कार्यमा नेपाल प्रहरी,नेपाल आर्मी,नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको बताउनु भयो ।

तस्बिर – रत्न श्रेष्ठ÷रासस